• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 04:47 pm

नग्न तस्बिर : कला र ‘पोर्नोग्राफी’बीचको स्पष्ट सीमा 

सयौँ वर्षदेखि अभियान्ताहरुले कलामा महिला नग्नताको चित्रणमाथि ध्यान केन्द्रित गर्दै आएका छन् । यो समय उनीहरुलाई नयाँ दृष्टिकोणबाट हेर्ने हो । 

जुन समय बेलायतमा ‘ब्ल्याक लाइभ म्याटर्स’ अभियानले दास व्यापारीहरुको मूर्तिहरुलाई राष्ट्रियस्तरको ध्यान दिइरहेको थियो, एक अर्का अभियान्ता भने नागरिक प्रतिमाहरुमा महिलाको चित्रणमाथि जोड दिइरहेका थिए । म्यानचेस्टरको ट्राफोर्ड सेन्टरबाहिर एक स्मारकमा केन्द्रित उक्त अभियान्ताको प्लेकार्डमा भनिएको थियो, ‘हेर्नुहोस् स्वाभाविक रुपले स्विकारिनका लागि तपाईलाई के ले सामाजिक बनाइरहेको छ...।’ यसमा चाप्लुसीको जाल बिछ्याइरहेका अर्ध–नग्न महिलाहरुद्धारा घेरिएका एक बसिरहेका पुरुष आफ्नो खुट्टा धोइरहेको देखाइएको छ । 

अमेरिकाको आइओवामा एक प्रतिमाको छेउमा एक अर्को संकेत – पित्तलबाट बनेको टपलेस महिला आफ्नो पिठ्युलाई कुप्रो पारेर आफ्ना स्तनलाई उचालिरहेकी छिन् – उनी जानीबुझीकन ती दुई स्तनका बीचमा गहिरो चिरा बनाउन खोजिरहेको देखिन्छिन्ः ‘आयोवा एक आमा प्रतिमा जो आफ्ना सन्तानहरुलाई पोषण दिन खोजिरहेकी छिन् ? हो ।’

उक्त प्लेकार्ड वाहक ‘आर्ट एक्टिभिस्ट बार्बी’(कला अभियान्ता बार्बी) हुन्, एक बार्बी डल(खेलौना)लार्ई कला तथा स्मारकहरुको अगाडी राखिएको छ र यो हडर्सफिल्ड विश्वविद्यालयकी एक वरिष्ठ लेक्चर सारा विलियमसनको रसिक ‘अल्टर इगो’ हो । 

विलियमसनले यस अभियानको सुरुवात छात्राहरुलाई नारीवादी विचारधारामा संलग्न गराउने तरिकाको रुपमा गरिन्, विशेषगरी कलामा जसरी महिलालाई चित्रण गरिन्छ । ‘यसरी म मानिसहरुलाई विस्तारै–विस्तारै ती वार्तालापमा लग्न सक्छु,’ विलियमसनले भनिन्, ‘यो नारीवादी ‘भेन्ट्रिलोक्विइजम’(अरु कुनै ठाउँ वा पुत्लाबाट स्वर आएको जस्तो गरेर प्रदर्शन गर्न सक्ने कला)को एक स्वरुप हो, एएबी(आर्ट एक्टिभिस्ट बार्बी)को माध्यमबाट तेश्रो पक्षको माध्यमबाट बोलिने मेरो आवाज एक ‘भेन्ट्रिलोक्विइजम’को प्रतिरुप बराबर हो ।’

राइट बार्करद्धारा कोरिएको सन् १८८९ को चित्रकला ‘सिर्स’को व्यङ्ग्यको रुपमा आर्ट एक्टिभिस्ट बार्बीले एक खेलौना बाघसँग दिएको पोज । तस्विरः सारा विलियमसनको ट्विटर पेजबाट

एक ट्विटर पोस्टमा ‘आर्ट एक्टिभिस्ट बार्बी’ले राइट बार्करद्धारा कोरिएको सन् १८८९को ‘सिर्से’ पेन्टिङ(चित्र)को कल्पना गर्छ, उक्त पेन्टिङमा एक टपलेस महिला सिंहहरुले घेरिएकी छिन् । ‘म अर्धनग्न, सीमित र केही ठूला खेलका साथ एक मोहक युवा सुन्दरता मन पराउँछु – ग्राहकले भनिन्’, ट्विटर पोस्टमा लेखिएको छ । ‘सिर्सेको बारेमा के भन्नुहुन्छ जो ५ वा ६ वटा बाघका साथ छिन् ?,’ कलाकारले सोध्यो । ‘जो कोही ग्रीक पौराणिक कथाहरुमा तपाईको विद्धतापूर्ण झुकावलाई प्रशंसा गर्नेछन्,’ ग्राहकले भनिन् । यसमा आर्ट–एक्टिभिस्ट–बाबीको प्रश्न गर्छिन्, के यो एक शास्त्रीय दृश्यको चित्रण हो वा पातलो पर्दावाला भिक्टोरियन ‘पोर्न’को चित्रण हो ?

क्लासिक प्रोफेसर मेरी बियर्डले आफ्नो टेलिभिजन श्रृंखला शक अफ द न्यूडमा एक यस्तै प्रश्न सोधिन्, जुन यसै वर्षको सुरुवातमा युकेमा प्रसारण भएको थियो । उक्त कार्यक्रमले थुप्रै तरिकाले पुरुष कलाकारहरुले आफ्नो चित्रकलामा नग्न महिलाहरुको अस्तित्वलाई सही ठहराउने प्रयास गरेको निश्कर्ष निकाल्योः ढल्किरहेका नग्नताहरुलाई निर्दोष ‘पक्राउ’को रुपमा चित्रण गरिएको छ । 

त्यसो भए हामी कला वा पोर्न(अश्लिल साहित्य) के हेरिरहेका छौँ ? 
‘यो एक जटिल प्रश्न हो र जसले आफूलाई उत्तर थाहा छ भन्ने सोच्छ, उसलाई केही कठिन भएकाे हुनुपर्छ,’ प्राफेसर बियर्ड भन्छन्, ‘कला र पोर्नोग्राफीका बीचको सीमा सँधै नै एक अविश्वसनीय हुँदै आएको छ भन्ने मेरो लाइन हो । र विगतको बारेमा हामीले यसलाई उसको र हाम्रो दुवै अवस्थाबाट हेरिनुपर्छ । हामीले विगत र यसका दोषहरुलाई हेर्न सिक्नुपर्छ ।’

एक विवादास्पद मुद्दाः
एक सय वर्षभन्दा लामो समयदेखि नारीवादीहरुले ‘सेक्सिस्ट दृष्टिकोण’(लिंगको आधारमा गरिने भेदभाव)माथि ध्यान केन्द्रित गर्दै आएका छन् जो कलाको संसारमा अस्तित्वमा छ । सन् १९१४ मा नारी–मताधिकारवादी मेरी रिचार्डसनले डिएगो भेलाजक्विजको पेन्टिङ ‘रोकेबी भेनस’माथि बन्चरोले आक्रमण गरिन् । पेन्टिङले क्यानभासको बिचमा नग्न भेनस आफ्नो पछाडीको भागलाई दर्शकतिर फर्काएर ढल्केर ऐनामा हेरिरहेको चित्रण गरेको छ । रिचार्डनसनले आफ्नो विरोध आंशिक रुपले पेन्टिङमा पुरुषको अन्तरमनमाथि रहेको दावी गर्छिन्, जो लण्डनको राष्ट्रिय ग्यालरीमा झुन्डिरहेको छ । 

डिएगो भेलाजक्विजको पेन्टिङ ‘रोकेबी भेनस’, सन् १९१४ मा नारी–मताधिकारवादी मेरी रिचार्डसनले यस चित्रमाथि ‘बञ्चरो’ले आक्रमण गरिन् ।

‘के मेट संग्रहालय(न्यूयोर्क)मा जानका लागि महिलाले नग्न हुनैपर्छ ?’ सन् १९८० को दशकमा नारीवादी कला अभियान्ता गुरिल्ला गर्ल्सद्धारा लगाइएको एक बिलबोर्ड पोस्टरमा लेखिएको थियो । संग्रहालयको आधुनिक कला विभागमा ४ प्रतिशतभन्दा कम महिला कलाकारका थिए, तर ७६ प्रतिशतभन्दा बढी नग्न तस्वीरहरु महिला थिए । चतुर्याईका साथ कटिङ सन्देशहरुलाई ठूलो मात्रामा बिलबोर्ड कार्यहरुको माध्यमबाट पुर्याइयो, गुरिल्ला गर्लहरुले कला क्षेत्रमा महिला र अन्य अल्पसंख्यकहरुका लागि क्षमा गर्न नसकिने अवेहलनाका लागि कला संसारको नाम र लाजको माग गरे । 

सन् २०१८ मा बेलायती कलाकार सोनिया बोयसले एक फरक दृष्टिकोण लिइन् जब उनले एक दर्शकको अगाडी जोन विलियम वाटरहाउसद्धारा उत्पादित पेन्टिङ ‘हाइलस एण्ड द निम्फ्स’लाई म्यानचेस्टर आर्ट ग्यालरीबाट हटाउन माग गरिन् । भित्तामा खाली ठाउँ जहाँ पेन्टिङले एक कमलको पोखरीमा अर्थनग्न युवतीहरुको एक हुल हाइलसलाई प्रलोभित पारिरहेको चित्रण गरेको छ, एक साताका लागि खाली छोडिएको थियो । 

‘मेरो उद्देश्य ध्यान केन्द्रित गर्नु र संग्रहालयहरुले जसरी दर्शकहरुले कुन सन्दर्भमा कुन स्तरमा के देखुन् भन्ने निर्णय लिन्छ त्यसमाथि प्रश्न गुर्न थियो,’ उक्त कदमपछि सेन्सरसिप, राजनीतिक शुद्धता र नारीवादी अतिवादको आरोपका साथ एक उग्र विद्रोह भड्किएपछि बोयसले भनिन्, ‘तस्विरलाई तल(भित्ताबाट) झार्नु भनेको चर्चा–परिचर्चा सुरु गर्नु भन्ने थियो, सञ्चारमाध्यममा आँधीलाई भड्काउनु होइन ।’ यसले दुवैलाई सुरु गर्यो ।

सन् १९८० को दशकमा नारीवादी कला कार्यकर्ता गुरिल्ला गल्सले एक प्रसिद्ध प्रश्न उठाएका थिए ‘के महिलाहरुले मेट संग्राहलयमा जानका लागि नग्न हुनैपर्छ ?’ । तस्विरः गुरिल्ल गर्ल्सबाट

कला र पोर्नोग्राफी एक विवादास्पद मुद्दा बन्यो । ‘सीमाहरु सँधै नै धमिलो बनाइए’ भन्छिन् केन्ट विश्वविद्यालयमा कला इतिहासकी प्राध्यापक, उनले यस विषयमा विस्तरमा लेखेकी छिन् । ‘आम मान्यता अनुसार, पोर्नोग्राफीमा दुई प्रमुख विशेषताहरु छन्ः यो यौनको दृष्टिबाट स्पष्ट हुन्छ र यसको उद्देश्य दर्शकलाई यौन उत्तेजना गराउनु हो । वास्तवमा, पुरै इतिहास र संस्कृतिहरुमा कलाको महान कार्यहरुमा यी विशेषताहरुलाई साझा गरेको पाउन सक्नुहुन्छ । पोम्पेईमा ‘मोजाइक’(विभिन्न रङका ढुङ्गा वा सिसामा बनाइएको चित्र), कामासुत्रका मूर्तिहरु वा गुस्ताभ क्लिम्टका केही प्रस्ट चित्रहरुका बारेमा सोच्नुहोस् त । यदि चाहानुहुन्छ भने गोयाको ‘नेक्ड माजा’लाई प्लेब्वाई पत्रिकाका नग्न तस्विरबीच तुलना गर्नुहोस् र मलाई भन्नुस् सीमा धमिल्याइएको छैन भनेर ।’

सन् २०१४ मा कलाकार डेबोरा डी रोबर्टिसले एक महिलाको गोप्य अंगको क्लोज–अप तस्विरलाई प्रस्तुत गर्नका लागि पेरिसको मुसे डी’ओर्से संग्रहालयमा गुस्ताभ कोर्टबेटको ‘दि ओरिजिन अफ द वर्ल्ड’ पेन्टिङको अघि आफूलाई अर्धनग्न बनाएर खाली त्यस(योनी)लाई बिन्दु बनाउन माग गरिन् । मुसे डी’ओर्से पछि इडोर्ड मनेटको ‘ओलिम्पिया’ पेन्टिङ अगाडि उनलाई नग्न अवस्थामा गिरफ्तार गरियो । उनको उद्देश्य यो प्रश्न गर्नुथियोः मानव शरीरको एक चित्रणलाई कलाको रुपमा वर्णन गरिन्छ भने अर्कोलाई किन पोर्नोग्राफीको रुपमा व्याख्या गरिन्छ ?

फ्रान्सिस्को गोयाको ‘नेक्ड माजा’ चित्रकला ।

विगतमा गोप्य अंगहरुलाई देखाइएका तस्विरहरुको सेन्सरशिप प्राय परम्परावादी वा र्धािर्मक मूल्यहरु तथा नैतिक भ्रष्टाचारको आशंकाहरुबाट प्ररित हुन्थे । यसको विपरित नारीवादी जो बनाइएका यौन बिम्ब दिन्छन्, उनीहरु महिलाहरुका लागि समान अधिकार चाहान्छन् र उनीहरु आपत्तिजनक तिस्वरहरुको प्रसार त्यस कारणका लागि हानिकार हुनेमा डराउँछन् । 

म्यानचेस्टरमा बोयसको व्यवधानको समय हार्भे वेनस्टेन, जेफ्रे एपस्टेन र अन्य विरुद्ध आरोपहरुको लहरहरुकाबीच नारीवादको चौथो लहर बढिरहेको थियो, त्यसै बेला आफ्नै स्वयंमको विभिन्न नैतिक परिस्थितिहरुमा बनाइएका कलाको कसरी सामना गर्ने भन्ने व्याकुलताको एक आवेग थियो । 

यसका लागि तपाईले उदाहरणहरु खोज्न टाढा जानुपर्दैन । बेन्भेनुटो सेलिनीले मोडलको रुपमा कुमारी युवतीहरुको प्रयोग गर्नमा जोड दिए र तर जब उनले एक पटक उनीहरुलाई चित्रमा उतारे उनीहरुको ‘चरित्र नष्ट’ पारिदिए । एरिक गिलले आफ्नै छोरीहरुलाई मोडलको रुपमा प्रयोग गरे र उनीहरुको यौन शोषण गरे । 

‘सायद हामीले कृतज्ञता र सृजनाको सन्दर्भका बीच फरक छुट्याउनुपर्छ,’ माइस भन्छिन्, ‘यदि हामीलाई थाहा छ कि एक कलाकारले महिलाहरुलाई दुव्र्यवहार गर्छ भने उसको अपमानजनक व्यवहार पनि काममा प्रकट हुन्छ, यसले कामको स्थितिलाई प्रभावित गर्छ । जब तपाई एक पटक यसबारे सचेत बन्नुहुन्छ यो काम आफै अस्वस्थ र नैतिक रुपले समस्याग्रस्त देखिन्छ ।’

जोन विलियम वाटरहाउसद्धारा पेन्टिङ ‘हाइलस एण्ड द निम्फ्स’, सन् २०१८ मा बेलायती कलाकार सोनिया बोयसले म्यानचेस्टर आर्ट ग्यालरीबाट हटाउन माग गरिन् ।

हालै मात्रै नेटफ्लिक्समा जेफ्रे एप्स्टेन डकुमेन्ट्रीमा गिरफ्तार गर्ने प्रहरी अधिकारीहरुमध्ये एकले यौन अपराधीको भवनमा प्रदर्शनमा राखिएको नग्तनाको पारदर्शीको मात्रालाई लिएर टिप्पणी गर्छन् । एक ग्यालरीमा समान खालका नग्नताहरु प्रशंसाको वस्तुहरु हुनसक्छन् । 

‘हाम्रो सार्वजनिक कला दिर्घाहरुमा थुप्रै युवा यौवन युवतीहरुको पेन्टिङहरु छन् जसले अवलोकन गर्नका लागि असहज बनाउँछन् । उदाहरणका लागि म्यानचेस्टर आर्ट ग्यालरीमा प्रदर्शमा राखिएको आर्थर ह्याकरको ‘द साइरिक्स’, यसमा एक नग्न युवती कमजोर र डराएको देखिन्छन्, यसले मलाई हेर्न निक्कै असहज महशुस गराउँछ,’ सारा विलियमसन भन्छिन्, ‘तर यी संस्थानहरुमा ओल्ड मास्टर्स र अति उत्तम रचनाको आफ्नो भाषाका साथ एक प्रकारको श्रद्धा छ जसलाई हामी अनजान र स्वीकार्य रुपले पचाउँछौँ ।’

‘नंग्याइएको’ वा ‘निर्वस्त्र’ ?
नग्न मोडलहरुबाट जीवन चित्रांकन गर्नु अझै पनि एक राम्रो कला शिक्षाको मुख्य आधार हो र अधिकांश मोडलहरु महिला छन्, तर पनि जीवन चित्रांकन कोठाको ‘पवित्रता’मा यी महिलाहरु नङग्याइएको छैन, तर नग्न छन् र उनीहरुलाई नङ्ग्याइएका होइनन्, तर नाङ्गिएका हुन् ।

‘तर पक्कै पनि जीवन चित्रांकन वर्गमा पुरुषको एकोहोरो हेराई अस्तित्वमा छ । मेरी बियर्ड भन्छिन्, जो आफैँलाई ‘शक अफ न्यूड’मा जाँचको हिस्साको रुपमा प्रस्तुत गरिन् । ‘यसलाई हटाउन थुप्रै तरिकाहरु प्रयास गरियो र ती भाषा उपकरणहरुलाई आमना–समानालाई ‘डिसेक्सुअलाइज’ गर्ने प्रयासमा उपयोग गरिन्छ ।’

मेरी बियर्ड एक अन्तरवार्तामा दावी गर्छिन् कि नग्नतालाई सँधै नै ‘उच्च वर्गका लागि नरम अश्लिल’ हुने खतरा हुन्छ, लेख टिप्पणीहरुमा र ट्विटरमा अपमानजनक संन्देशहरुसँग भेट हुन्छ । बोयस जस्तै उनले पनि यस विषयमा चर्चा–परिचर्चा सुरु गर्ने प्रयास सरोकार वा रोचक विषय नभए शत्रुतालाई प्रेरित गरेको पाइन् । 

यही कारण हो ‘आर्ट–एक्टिभिस्ट–बार्बी’ आफ्ना निर्माताको हिस्सामा प्रतिभाको एक प्रहार थियो, एक प्लास्टिकको गुडियालाई प्रस्तुत गर्नु व्यापक रुपले लैङ्गिक परम्पराहरुमाथि नारीवादीहरुद्धारा आलोचना हो । ‘यो मुद्दा चर्चाको हो र चीजहरुलाई फरक तरिकाले हेर्न सुरु भएको छ,’ सारा विलियम्स भन्छिन् । ‘एउबीले एक रमाइलो र यसो गर्ने रसिक तरिका प्रदान गर्छ र यसो गरेर एक यस्तो संसारको उत्पतिको प्रयास गरिन्छ जहाँ महिलाहरुका लागि धेरै समानता छन् र जहाँ उनीहरु खाली पुरुषले घुर्ने चीज मात्रै होइनन् ।’

एएबीको सबैभन्दा बढी कमेन्ट गरिएको एउटा पोस्टमा जहाँ उनी(गुडिया) मनेटको लि डिजेउनर सुर इ’हर्बको अगाडीको एउटा ग्यालरीको भित्तामा पोज दिएकी छिन् । पहिलो तस्विरमा बार्बी गुडिया पेन्टिङमा जस्तै पुरै लुगा लगाएका दुई पुरुष मित्रका बीचमा बसेकी एक नग्न महिला जस्तै नग्न छिन् । त्यसपछि फेरी सेटअपलाई उल्टाइन्छ र बार्बी आफ्नो हर्षोउल्लासमा प्रकट हुन्छन् जबकि दुई पुरुषहरु नग्न हुन्छन् । 

यो एउटा समान स्तरमा रोचक तुलना हो र यसले तपाईलाई सोच्न बाध्य बनाउँछ । 

-याे सामाग्री समाचार दैनिकका लागि बीबीसीबाट गिता सब्बाले अनुवाद गरेकी हुन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

६ वर्षीय छोरीको प्रश्न : 'मामु बलात्कार भनेको के हो ?'

  • २७ असोज, २०७७

सधै झै बिहान उठेर आफ्नो नियमति काममा लाग्दै थिए । छोरी उहि उत्साहका साथ उठिन् र अंगालो हालिन ।  बिहानीको समय मेरा लागि ऊर्जाशिल र उत्साहजनक समय हो ।

'बेसार पानीकाे भ्रम नपालौं'

  • २३ असोज, २०७७

एपी वान टिभीमा कार्यरत सिन्धुपाल्चोकका पत्रकार विष्णु क्षेत्रीले कोरोनाले आफूलाई गाल्दाको अनुभव बाँडेका छन् । कोरोना भाइरस र यसले पार्ने

नान्दी वा वृद्धि श्राद्धको महत्त्व

  • १४ असोज, २०७७

श्राद्ध शब्दले पितृहरूलाई सम्झने सम्मान  र गर्ने भन्ने जनाउँछ। श्राद्धको अर्थ हो श्रद्धा । पितृहरूलाई श्रद्धापूर्वक सम्झिएर उनीहरूप्रति कृतज्ञता