• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन हुन्छ -नेम्वाङ

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिएका छन् । मन्त्रिपरिषद पुनर्गठनकै विषयमा आईतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सकारात्मक छलफल भएको उनले समाचार दैनिकलाई जानकारी दिए । 

पुनर्गठनको मोडालिटिबारे अध्यक्षद्वयबीच लगभग सहमति बनेको बताउदै उनले अध्यक्षद्वयले अहिले व्यक्ति र विषयकेन्द्रीत छलफल सुरु बताए । अध्यक्षज्यूहरु अचेल दैनिकजसो यही विषयमा बाक्लो छलफल गरिरहनुभएको छ, एक दुई दिन भित्रै मन्त्रिपरिषद पुनर्गठन हुने संभावना छ, उनले भने । 

कुन कुन मन्त्री बाहिरिने र को को भित्रने भन्ने गृहकार्य गर्न तपाईपनि प्रधानमन्त्री निवासमै व्यस्त हुनुहुन्छ भन्ने सूचना आएको छ, कस्तो छ त तयारी ? भन्ने समाचार दैनिकको प्रश्नमा उनले भने, एक दुई दिन भित्रै पुनर्गठन गर्ने स्पिरिटका साथ अध्यक्षद्वय लाग्नुभएको छ । सवै कुराको सहमति भईसकेपछि सार्वजनिक हुन्छ ।

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङले एक दुई दिन भन्नाले यो विषयलाई छिटो टुंगोमा पुर्याउने गरि अध्यक्षद्वय अहिले यही विषयमा केन्द्रीत भएर छलफलमा जुटिरहेको बताएका छन् ।

केही दिन अघि नेकपा मुख्यालय पेरिसडाँडा कोटेश्वरमा सम्पन्न नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठनका लागि केही मोडालिटिबारे सुझाव दिदै अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । 

सोही अनुसार केही दिन यता अध्यक्ष ओली र प्रचण्डले लगातार मन्त्रिपरिषद पुनर्गठनबारे छलफल केन्द्रीत गरिरहेका छन् । मन्त्रिपरिषद पुनर्गठन गर्दा सवैलाई निकालेर कहीलाई पछि दोहोर्याउने केही थप गर्ने कि केही निकाल्ने र खाली स्थानमा थप गर्ने भन्ने दुई मोडलमा अध्यक्षद्वयले छलफल गरेका थिए । दोश्रो विकल्प, खाली मन्त्रालय पुर्ति गर्ने, केहीलाई हटाउने तथा केही नयाँ थप्ने मोडलमा पुनर्गठन गर्न अध्यक्षद्वय सहमत भएको छ । 

आईतबारबाट हट्ने, रहने तथा नयाँ थपिने मन्त्रीका विषयमा व्यक्ति केन्द्रीत छलफल शुरु भएको छ । दुई अध्यक्षबीच यस विषयमा सहमति हुने वित्तिकै एक दुई दितमा मन्त्रिपरिषद पुनर्गठन हुने छ । 

सरकारका खाली भएका मन्त्रालय भन्दा नेकपामा मन्त्री बन्नका लागि तयार देखिएका आकाँक्षीको संख्या ठूलो छ । सरकारमै रहेका सचिवालय तथा स्थायी कमिटी सदस्यहरु बाहिरन चाहेका छैनन् भने पार्टी विवाद समाधान कार्यदलका सदस्यहरु पनि आफूले खोजेको मन्त्रालय पाएमा मन्त्री बन्न तयार भएर बसेक ाछन् । २ पटकसम्म सांसद भएर पनि मन्त्री बन्न नपाएका, जातीय, क्षेत्रीय, लैङ्गिक सन्तुलन तथा युवाहरुको सहभागिता सरकारमा बढाउनुपर्ने चुनौती पनि अध्यक्षद्वयका सामू छ । 

नेकपामा पूर्व माओवादीका तर्फबाट कार्यदलमा रहेका पंफा भुसाल र जनार्दन शर्मा, स्थायी कमिटीमा रहेका तर अहिले सम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेल, मधेशबाट प्रभु शाह, थारु समूदायबाट अमनलाल मोदी, उदयपुरका सांसद सुरेश राईलगायत चर्चामा छन् । 

पूर्व एमालेका तर्फबाट रोजेको मन्त्रालय पाएमा कार्यदलमा रहेका सदस्यहरु महासचिव विष्णु पौडेल, भिम रावल, सुरेन्द्र पाण्डे मन्त्री बन्न तयार भएर बसेका छन् । पौडेलले अर्थ, रावलले परराष्ट्र तथा पाण्डेले अर्थमन्त्रालय खोजेका छन् । त्यसबाहेक सो पक्षबाट यज्ञराज सुनुवार, विकास भट्टराई, जुली महतो, प्रेम आले, खगराज अधिकारी लगायतको पनि चर्चा शुरु भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर