• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुन तस्करी प्रकरणमा मुछिएका १७ जना विरुद्ध मुद्दा

काठमाडौं । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कमलादी सुन तस्करी प्रकरणमा मुछिएका १७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुलाई हतियार तथा  खरखजना, अवैध सुन चाँदी चोरीपैठारी, चोरीनिकासी गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएकाहरु भारत गुजरातका निलेश एल शखिया भन्ने निलेश लवजी भाई शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हर्सोडा, भारत राजस्थानका देवांग पटेल, भारत कलकत्ताका मनिष मल्लिक, भारत राजस्थानका कौशल पटेल, भारत गुजराजको संजय पटेल भन्ने संजय कुमार राजभाई पटेल र राजस्थानका विकास अग्रवाल भन्ने विकास कुमार चिरनियालाई मुख्य अभियुक्तका रुपमा मुद्दा दायर गरिएको छ । 

यस्तै, काठमाडौं कपुर्धारा बस्ने बहादुरसिंह कठायत, काठमाडौं बुढानीलकण्ठका प्रशन श्रेष्ठ, बारा जितपुर सिमरा उपमहानगरपालिको ईलताफ हुसेन अन्सारी, सिन्धुपाल्चोक उमेश श्रेष्ठ, धनुषाका श्रीनिवास उपाध्याय, काठमाडौंको विजय ताम्राकार, रसुवाकी सृष्टि डंगोल, मकवानपुरका रुपेश बलामीलाई पनि सुन तस्करीमा संलग्न भएको आरोपमा अभियोगपत्र दायर भएको  छ ।

१३ साउन २०७७ सुन्धराबाट पेस्तोल थान २, सुन जस्तो देखिने पहेलो रंगको धातु १७ थान, फुस्रो पहेलो रंगको धातु १८ थानसहित बरामद गरेको थियो । प्रहरीले सो सामान बरामद गर्नुअघि कमलादीबाट महेन्द्रशालिक तर्फ आउने जाने सडक खण्डमा जाँच गर्ने क्रममा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएका बा ६ च ५५१९ को सिल्भर रंगको स्कारपियो भागेपछि पछ्याएको थियो ।

प्रहरीले सो गाडीमा चढी आएका पछि नाम खुल्न आएका निलेश एल शखियाले उक्त अवैध हतियारहरु, सुन समेतसुन्धारा स्थित आकाशे पुलमा छाडी भागेको विषयमा अनुसन्धान प्रश्चात् घटनामा संलग्न भएको आरोपमा देवांग पटेल, निलेश एल शखिया, विजय पटेलसमेतका अभियुक्तहरु पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकील कार्यालयमा बुझाएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर