• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

छिमेकीको हत्या गरी फरार व्यक्ति ३४ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक। हत्या अभियोगमा अदालतबाट सजाय पाएका लिशङ्खुपाखर गाउँपालिका ७ का फुर्पा तामाङलाई ३४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। 

२० असोज २०४३ मा दशैंको किनमेल गर्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी फुर्पाले हत्या गरेका थिए। 

हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटिएको संयुक्त टोलीले हिजो दिउँसो उनलाई पक्राउ गरेको  प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर