जन्मदिन विषेश : विश्वका ३६ भाषामा ५० हजार भन्दा धेरै गीत गाउँने लता बुबाको अगाडी गाउँन डराउँथिइन्

एजेन्सी । भारतीय गायिका लता मंगेशकरको सोमबार २८ सेप्टेम्बरका दिन जन्मोत्सव । उनले ९१ औं जन्मोत्सव मनाइरहेकी छिन् । 

लताको जन्म सन् १९२९ को २८ सेप्टेम्बरमा इन्दौरमा भएको थियो । उनका पिताको नाम पंडित दिनानाथ र माताको नाम शेवन्ती हो । उनका पिता मराठी संगीतकार, शास्त्रीय गायक र थिएटरका अभिनेता थिए । उनकी आमा गुजराती थिइन् । 

‘भारत रत्न’ लता मंगेशकरले विश्वका २३ भाषामा ५० हजार भन्दा धेरै गीत गाएकी छन् । तर उनले बुबाको अगाडी गाउन नडराएको भए गायिका बन्ने थिइनन् उही भावना राख्ने गायिका लता बुबासँग निकै डराउँथिइन् 

आफ्नो परिवारको जिम्मेवारी सम्हाल्नको लागि उनले यति धेरै गीत गाएन आज सार्वाधिक गीत रेकर्ड गराउने कीर्तिमान ‘गिनीज वर्ल्ड अफ रेकडर्’ मा  सन् १९७४ र १९९१ मा आफ्नो नाम दर्ता गराएकी छन् । 

भान्सामा आमाको गालीबाट गीत सिकेकी लता
लताई लाग्छ अज आफ्नो बुबाको कारण नै उनी गायिका बनेकी हुन् । किन भने उनको बुबाले नै उनलाई संगीत सिकाएका हुन् । उनको बुबा दीनााथ मंगेशकरलाई संगीत सिकाइको लामो समयसमम पनि लताले गीत गाउँछिन् भन्ने कुरामा विश्वास नै लागेको थिएन । उनी आमालाई भान्सामा गीत गाएर सुनाउथिइन । आमा उनलाई गाली गरेर पठाउथिइन् । 

बुबाको शिष्यलाई सही सुर सिकाएकी लता
एक दिन लताको बुबा आफ्नो शिष्य चन्द्रकान्तलाई संगीत सिकाइ रहेका थिए । केही समयपछि  उनी केही काम परेर बाहिर निस्केका थिए । त्यही समयमा आगनमा खेलिरहेकी ५ वर्षकी लताले शिष्य चन्द्रकान्तलाई सुर मिलेको छैन भन्दै सिकाइन । यो देखेर उनको बुबा छक्क् परे । उनको बुबाले आफ्नो लगाडी गाउन लगाए । लता भन्छिन् –मैले बुबाको गायन सुनेर नै सिकोकी हुँ तर मलाई बुुबाको अगाडी गाउँने हिम्मत कहिले भएन । 

पहिलो  ब्रेक
संगीतकार गुलाम हैदर १८ वर्षकी लताको अवाज सुनेर निकै चकित भएका थिए । त्यसपछि त्योे समयका सफल फिल्म निर्माता शशधर मुर्खजीलाई भेटाए । निर्माता मुर्खजीले आवाज निकै पातलो भएको भन्दै अस्विकार गरे । फेरी गुलामले लतालाई फिल्म मजबुर को गीत ‘अंग्रेजी छोरा चला गया’  मा मुकेशको साथमा  गाउँने मौका दिए । यसरी सुरु भएको लताको गाएकी यात्राको नाम आज सफल चर्चित गायिकाको रुपमा स्थापित भएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर