• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर युद्ध, २३ जनाको मृत्यु

एजेन्सी । अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रलाई लिएर पुनः तनाव सुरु भएको छ । आइतबार भएको भिडन्तमा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको हो । पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ । सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

वर्षौपछि अर्मेनिया र जरबैजानबिच विवादास्पद क्षेत्रलाई लिएर भिडन्त भएको हो । अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले आइतबार नागोर्नो–काराबाख क्षेत्रमा आफूहरुको नियन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर