गायक कुमार सानुको छोरा जान ‘बिग बोस–१४’ सहभागी हुँदै

एजेन्सी । टिभी रियालिटि शो ‘बिग बोस – १४’ मा सहभागी हुन गायक कुमार सानुको छोरा जान तयार भएका छन् । जानले बताए अनुसार कुमार सानुले यस विषयमा सुन्ने बित्तिकै एकछिन् छक्क परेका थिए । 

बिग बोसको यस सिजनमा सहभागी जनाउने जान मात्र एक यस्तो व्यक्ति हुन जसको बारेका  बारेमा पुष्टि भइरहेको छ । यस भन्दा अगाडी समभावित व्यक्तिहरुके मात्र चर्चा भइरहेको थियो । 

जानले भने –‘जब मैले बुुबालाई आफ्नो निर्णयको बारेमा भने उनी निकै समय चुप थिए । हामाी भिडियो कल मार्फत कुुरा गरिरहेका थियौँ । केही समयपछि मेरो निर्णयमा सहमत भए । अनि मलाई बिग बोसमा जानको लागि चाहिने गुणको बारेमा सिकाए । ’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर