• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नासाको वैज्ञानिक रबिन्सले अन्तरिक्षबाट राष्ट्रपति निर्वाचनमा मतदान गर्ने

एजेन्सी । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा एक अमेरिकी नागरिकले अन्तरिक्षबाटै चुनावी प्रक्रियामा भाग लिने भएकी छिन् । 

लाखौ अमेरिकी मतदाताले प्रत्यक्ष सामेल भएर वा हुलाकमार्फत भोट खसाल्दै गर्दा नासा बैज्ञानिक तथा हवाई इन्जिनियर केट रबिन्सले अन्तरिक्षबाट मतदान गर्नेछिन् । अमेरिकामा सन् १९९७ देखि नै अन्तरिक्षबाट भोट खसाल्न पाइने कानुनी व्यवस्था छ। नासाका अनुसार रबिन्सको मतदाता नामावली दर्ता भएको काउन्टी क्लर्कको कार्यालयले एउटा सुरक्षित इलेक्ट्रोनिक मतपत्र स्पेस–मिशन नियन्त्रण केन्द्रलाई उपलब्ध गराउनेछ।

सो मतपत्र स्पेस सेन्टरका वैज्ञानिकहरूले रबिन्ससमक्ष पुर्‍याउनेछन्। रबिन्सले आफ्नो मत प्रकट गरी फिर्ता पठाएको मतपत्रलाई पुनस् गोप्य रुपमा काउन्टी क्लर्कको कार्यालयमा पठाइनेछ। यसरी उनको मत गणना हुनेछ।

अमेरिकामा चुनावी प्रक्रिया चलिरहँदा उनी पृथ्वीबाट ३०० किलोमिटरको दूरीमा हुनेछिन्। उनले त्यहीँबाट भोट खसाल्ने र सम्पूर्ण प्रक्रिया मिलाइसकिएको नासाले जनाएको छ। चुनावको केही दिनअघि दुई रुसी वैज्ञानिकसँगै रबिन्स ६ महिनाका लागि अन्तरिक्षमा प्रवेश गर्दैछिन्। त्यहाँ रहँदा उनीहरूले लेजरमार्फत चिसिएका परमाणुहरूको अध्ययन तथा कार्डियोभास्कुलर परीक्षणसमेत गर्नेछन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर