भक्तपुरका नेमकिपाका निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका भक्तपुरकै नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । बुधबार भक्तपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच निर्वाचित जनप्रतिनिधिसहित झण्डै ५ दर्जन नेता कार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । 

नेकपा प्रवेश गर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर १ का निर्वाचित सदस्य विश्वराज शिल्पकार, सोही वडाका नेमकिपा सचिव रमेश न्याइच्याई लगायत रहेका छन् । 

उनिहरुलाई नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेल, नेकपा केन्द्रीय सदस्य दिलिप प्रजापति, नेकपा जिल्ला अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायतले स्वागत गरेका थिए । 
कार्यक्रममा बोल्दै सचिव पोखरेलले नेमकिपाबाट नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई उचित जिम्मेवारी र काम दिईने बताए । अहिले सरकारले राम्रा काम गरिरहेको जानकारी गराउदै उनले विपक्षीदलले आलोचना गर्ने विषय नै नपाएको बताएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर