राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा कर्णालीकी बस्याल नियुक्त

सुर्खेत । सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपमा कर्णाली प्रदेशकाबाट सुर्खेतकी तेक्वान्डो खेलाडि नन्दा बस्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ११ जना बोर्ड सदस्यमा कर्णालीका तेक्वान्दो खेलाडी बस्याललाई नियुक्त गरेको हो ।

लामो समयदेखि खेलमा निरन्तर लागिरहेकी बस्याल स्थापित कलाकार समेत हुन् ।  बस्याल महिला कोटाबाट सदस्यमा मनोनित भएकी हुन् । बस्यालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुका साथै रेफ्रीको भूमिकासमेत निर्वाह गरिसकेकी  छिन् ।

खेलकुद क्षेत्रमा आझेल परेको कर्णालीलाई चिनाउने सुनौलो मौका सरकारले दिएकाले त्यसको सहि सदुपयोग गर्दै कर्णालीका खेलाडीहरुको विकासका लागि सक्रिय भएर काम गर्ने प्रतिक्रिया बस्यालले दिएकी छन् ।

यस्तै बोर्ड सदस्यहरुमा प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुईबाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जनजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट र सुदुरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश एककै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनित भएका हुन् ।

परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका छन् । राजनीतिक सहमती नबन्दा बोर्ड सदस्य नियुक्तिमा ढिलाई हुदै आएको थियो । राजनीतिक सहमतीका आधारमा सरकारले सदस्य नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर