अभिनेत्री कंगना रनावतबिरुद्ध एफआरआई दर्ता गर्न अदालतको आदेश 

एजेन्सी । पछिल्लो केही महिनादेखि  चर्चामा रहेकी अभिनेत्री कंगना रनावत बिरुद्ध कर्नाटकको तुमाकुरुस्थित न्यायिक मजिस्ट्रेट अदालतले उजुरी (एफआरआई) दर्ता गर्न आदेश दिएको छ।

न्युज एजेन्सी पीटीआईका अनुसार यो आदेश कंगनाले गरेको एक ट्विटका कारण दिइएको हो। त्यसमा उनले कृषि विधेयकको विरोधमा उत्रिएका किसानविरुद्ध आपत्तिजनक कुरा लेखेकी छन्।

अदालतले अधिवक्ता रमेश नाइकको दाबीअनुसार अभिनेत्री कंगनाविरुद्ध उजुरी दर्ताका लागि आदेश दिएको हो।

अधिवक्ता नाइकले फौजदारी प्रक्रिया संहिता (सीआरपीसी) को धारा १५६ (३) बमोजिम निवेदन दर्ता गरेका अदालतले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर