• आइतबार ७-९-२०७७/Sunday 10-25-2020/ 05:01 am

पाल्पाको निस्दी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतमा कोरोना, सबै सेवा बन्द 

पाल्पा ।  पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका र मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालसहित केही कर्मचारी र भारतबाट फर्किएका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशाले जानकारी दिए । 

जनप्रतिनिधि, कर्मचारी र क्वारेन्टाइनमा बसेका समेत ५० जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका क्रममा पाल्पा अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्वास्थ्य संयोजक दिशाले बताए ।

कार्यालय प्रमुख सहित समुदायमा संक्रमण बढ्दै गएपछि गाउँपालिकाले आगामी कात्तिक १ गतेसम्म अत्यवश्यक बाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए । हालका लागि सम्पूर्ण शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न भनिएको छ। शुक्रबार राती १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागू हुनेछ।  इमर्जेन्सी बाहेक सबै स्वास्थ्य संस्था बन्द गरि कन्ट्हुरयाक ट्नेरसिङ्गको कामलाई अघि बधाईने स्वास्थ शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेश अस्पताल निर्देशक डा.खड्कालाई  कोरोना संक्रमण

  • ८ कार्तिक, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई कोरोना संक्रमण  देखिएको छ ।लक्षण देखिएपछि शुक्रबार गरिएको स्वाब परीक्षणमा रिपोर्ट

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित

  • ८ कार्तिक, २०७७

गण्डकी ।  गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण

पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे

  • ८ कार्तिक, २०७७

कास्की । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा