• शुक्रबार ७-१४-२०७७/Friday 10-30-2020/ 11:15 pm

नेपाली दूतावास कोरियाले अक्टोबर ११ देखि अनलाइन परामर्श दिने

सिउल । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ । 

यहाँ रहेका नेपालीको मानसिक तथा शारीरिक स्वास्थ्य, सामाजिक र आर्थिक समस्यालगायतलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा अन्य मुलुकमा रहनुभएका विज्ञद्वारा परामर्श तथा अभिमुखीकरण तालिम सञ्चालन गर्न लागिएको हो ।   

एनआरएनए कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया, महिलाको लागि महिला, नेपाली विद्यार्थी समाजलगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो परामर्श कक्षा सञ्चालन हुनेछ ।

पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि, दोस्रो हप्ता महामारीबाट बच्न खानपान र जीवनशैली, तेस्रो हप्ता पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता, चौथो हप्ता मानसिक स्वास्थ्य, पाँचौं हप्ता तनाव व्यवस्थापन र छैटौं हप्ता खुसीपूर्वक जिउने कलाका बारेमा सिकाइने प्रशिक्षण दिइने छ । 

त्यस्तै सातौँ हप्ता स्वास्थ्य र साधना, आठौं हप्ता वित्तीय साक्षरता र यसको महत्व, नवौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएकाको उद्यमशीलताका लागि सरकारी नीति, दशौँ हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरू, एघारौँ हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र १२ औँ हप्ता घर फिर्ती तयारीका बारेमा कक्षा सञ्चालन गरिने कोरियाका लागि नेपाली श्रम सहचारी रमा भट्टराईले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेजर सोनाम शेर्पालाई फोनिजको सम्मान

  • ११ कार्तिक, २०७७

बेलायत । बरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीत प्रेमी मेजर सोनाम छिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका

मेजर सोनाम शेर्पा सम्मानित

  • ११ कार्तिक, २०७७

बेलायत । बरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीत प्रेमी मेजर सोनाम छिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

  • ९ कार्तिक, २०७७

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी