• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 03:25 pm

सार्वजनिक सवारीः बढी भाडा लिन नपाउने, सिटभरी यात्रु चढाउन पाउने

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनलाई सिटभरी यात्रु राख्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आज मंगलबारदेखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । यस अघि दुरी कायम हुनेगरि आधा सिटमा मात्रै यात्रु चढाउन पाउने नियम थियो । तर नियम तोडेर सवारी साधनहरुले पुरा सिटमा यात्रु चढाउने गरेका थिए ।  

सरकारले पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै भाडा दर भने पुरानै कायम भएको छ । आधा यात्रु चढाउदा उठाउन पाउने ५० प्रतिशत बढी भाडादर सरकारले हटाएर सामान्य अवस्था कायम गरेको हो । 

दशैं, तिहार, छठ जस्ता चाडपर्वको समयमा यात्रुको चाप धेरै हुने भएकाले आवागमन सहज बनाउन सार्वजनिक यातायातमा पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो । 

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सीमा नाका भने थप एक महिना बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा

  • १४ मङ्सिर, २०७७

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो

'पार्टी एकता भन्दा अघि फर्किंदा त वयलगाडामा पुगिन्छ कमरेड !' - नेता बस्नेत

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले पार्टी एकता भन्दा अघि फर्किएर गरिने आरोपप्रत्यारोपले वयलगाडाको यात्रामा