काँग्रेसको जुलुसमाथि प्रहरीले हान्यो अश्रुग्यास

जनकपुरधाम । नेपाली काँग्रेस सर्लाही जिल्लाले आयोजना गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सर्लाही ४ को रामनगर गाउँपालिका, सिसौट घटनालाई लिएर वुधवार आयोजना गरेको र्यालीलाई प्रहरीले हस्तक्षेप गरि तितरवितर बनाएको छ । जुलुसको नेतृत्व गरिरहेका सो क्षेत्रका काँग्रेस सांसद अमरेश कुमार सिंहले धर्नामा बस्न जादै गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले लाठी र दर्जननौं सेल अश्रुग्यास प्रहार गरेको बताएका छन् । 

रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामको हत्याका विषयमा प्रहरीले जाहेरी पनि लिन नमानेको र पिडितलाई राहत दिने विषयमा कुनै चासो नदेखाएकाले स्थानीय दलित समूदाय आन्दोलनमा उत्रिएको उनले बताए । 

उनीहरुले मृतक महेन्द्र रामलाई शहीद घोषणा गर्न र हत्यामा संलग्नहरुलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्न माग गरेका छन् ।

बुधबारको प्रदर्शनमा ११ जना महिलासहित १७ जना घाईते भएको सिंहले बताए । जुलुसपछिको कोण सभालाई सम्बोधन गर्दै नेता सिंहले जहिले सम्म पिडितले न्याय पाउदैनन् तवसम्म लगातार आन्दोलन गर्ने चेतावनी दिए ।

पीडितलाई न्याय दिलाई दोषीलाई कारवाही गर्नुको साटो राजनीतिक दबाबमा पीडितको जाहेरी नलिएको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले भने सिसौट घटनाको अनुसन्धान जारी रहेको र शंकास्पद तीनलाई पक्राउ गरिएको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर