गण्डकी प्रदेशमा  थप ५२ जनामा कोरोना पुष्टि

गण्डकी । गण्डकी प्रदेशमा ५२  कोरोना सङ्क्रमित थपिएका छन् ।प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । 

थपिनेमा सबै नवलपरासी९बर्दाघाट सुस्ता पूर्व० का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सङ्क्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर