गायिका स्मिता दाहाल र सलोन बस्नेत अभिनित ‘मायाले मलाई बोलायो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका स्मिता दाहाल र अभिनेता सलोन बस्नेत अभिनित म्युजिक भिडियो ‘मायाले मलाई बोलायो’  सार्वजनिक भएको छ । सलोनको आफ्नै प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडियाको गीतमा नेकपाका अध्यक्ष पुष्पलकमल दाहाल प्रचण्डकी नातिनी तथा गायिका स्मिताको आवाज रहेको छ । 

भिडियोका दृश्यमा सलोन र स्मिता दुलाहा र दुलहीको भूमिकामा देखिएका छन् ।  राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ। शिशिर खातीको निर्देशन रहेको यस गीतको भिडियोमा सलोन र स्मितासँगै प्रकाश घिमिरे, गौतम धिमाल, सुमिन गुरुङ बाल कलाकार सलिन राणा र अल्फा शाह ठकुरीको पनि अभिनय देख्न पाइनेछ । भिडियोलाई संकल भुजेलले खिचेका हुन् भने कोरियोग्राफी आर्जु बैजुको रहेको छ। भिडियोको सम्पादन बनिश शाहले गरेका हुन्।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर