• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नाइजेरियामा बन्दुकधारीद्धारा आठ सर्वसाधारणको गोली हानी हत्या

कादुना ।  नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले गोली हानेर कम्तीमा पनि आठ जना सर्वसाधारण गाउँलेको हत्या गरेका यहाँको स्थानीय प्रशासनले जानकारी दिएको छ । 

उनीहरुले यहाँको पश्चिमी एक राज्यको कादुना भन्ने स्थानमा ती गाउँलेको हत्या गरेका हुन् । त्यस गाउँमा ठूलो संख्यामा आएका बन्दुकधारीहरुले गाउँलेको हत्या गरेका समाचारमा जनाइएको छ ।

ती अज्ञात बन्दुकधारीहरुले बिहीबार सो गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेर अरु कैयौँलाई नराम्ररी घाइते बनाएका पनि सो समाचारमा जनाइएको छ । यसैबीच गएको शुक्रबार पनि सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको थियो । त्यस हिंसामा ती आक्रमणकारीहरुले १२ जनाको हत्या गरेका थिए ।

गिवा गाउँको कदाई भन्ने स्थानमा बन्दुकधारीहरुले गाउँलेमाथि हमला गरेका थिए । गत हप्ता पनि सोही गाउँमा नै उनीहरुले हमला गरेका थिए ।हतियारधारी आएर बन्दुकले हमला गरेका थिए । उनीहरुले दर्जनौँ गाउँलेलाई घाइते बनाएका छन् ।

ती गाउँमा गएका केही महिनादेखि हिंसाका घटना भइरहेका छन् । तर ती हत्याको जिम्मेवारी भने कुनै पनि समूहले लिएको छैन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर