• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:03 am

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुग्यो 

न्युयोर्क ।  अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।  जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

  • १४ मङ्सिर, २०७७

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

  • १४ मङ्सिर, २०७७

माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज