• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेपालमा शनिबार थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ थपिए

काठमाडौं । नेपालमा शनिबार थप ३१ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३१ सय ६७ जनामा कोरोना पुष्टि भएको हो । 
मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा थप १७४६ जनामा कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शनिबार थप १८ सय जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनालाई जित्नेको संख्या ८९ हजार ८४० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल देशभरि ३८,७३७ जनामा सक्रिय सङ्क्रमण छ । जसमध्ये १३,२९९ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,४३८ जना होम आइशोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर