• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कर्णाली प्रदेशका नेतासंग प्रधानमन्त्री ओलीको छलफल– 'दुई अध्यक्ष बसेर टुंगो लगाउछौँ'

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका छन् । 
उनले कर्णालीका नेताहरुलाई शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए ।

 ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताए ।  बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,  नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आआफ्नो धारणा राखेका थिए । 

नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद चर्केको छ । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर