• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर