प्रदेशसभा सदस्य भट्टलाई कोरोना

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनले भने, “गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताए । 
  
गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएको थिए । उनका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर