पाल्पाका पूर्वखोला र बगनासकाली गाउँपालिका बन्द

पाल्पा । समुदायका व्यक्तिमा कोरोना संक्रमण बढेसंगै पाल्पाका दुई स्थानीय तहले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन । समुदायका व्यक्तिमा संक्रमण बढेसंगै चार्डपर्वको बेला हुनसक्ने जोखिमलाई न्यूनिकरणका लागि बगनासकाली गाउँपालिकाले कार्यपालिकाको बैठक बसेर गाउँपालिका कार्यालयसहित ९ वटै वडाबाट प्रवाह हुने आकस्मिक बाहेका सबै सेवा कात्तिक ६ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य साथमा लिएर मात्र समुदायमा घुलमिल हुन अनुमती दिने गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । पर्व मनाउन आउने व्यक्तिबाट संक्रमण फैलिन सक्ने भन्दै ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र घरपरिवारसंग जान अथवा होम क्वोनिटनमा बस्नका लागि गाउँपालिकाले अनुमती दिने भएको अध्यक्ष बस्यालले बताए । 

यस्तै पूर्वखोला गाउँपालिकाले पनि जनप्रतिनिधि, कर्मचारी सहित समुदायका व्यक्तिमा संक्रमण देखिएपछि कार्तिक ७ गते सम्मका लागि गाउँपालिका क्षेत्रलाई शील गर्ने निर्णय गरेको छ । गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारी संचालनमा रोक लगाएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए  । बैंक तथा वित्तिय संस्था तथा शैक्षिक संस्थालाई पूर्ण  रुपमा बन्द गरेर खाद्यान्न ढुवानीलाई भने बिहान ६ बजेदेखि ८ तथा बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिकाले पनि बाहिरबाट पालिका प्रवेश गर्ने नागरिकलाई ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर