पाल्पामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु

पाल्पा । कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् । 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद  पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए । उनी दम र मधुमेहबाट पीडित थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर