• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:52 am

रोकथाम तथा नियन्त्रणका लागि पाटन सिल, देहिमाडौँ बन्द

बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ ।  यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । 

पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो । शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो ।  

पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ । 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ ।  

यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ । महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडाँैस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो ।  


वडा कार्यालयले एक सूचना प्रकासित गरेर शुक्रबार र  शनिवार बजार बन्द गर्नुका साथै शनिवार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।  महाअष्टमीको दिन शनिवार देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

 यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाईएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ । यसअघि जिल्ला सुरक्षा समिति  र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ ।

  यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि  भीडभाड हुने  गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ । बैतडीमा दशैंतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री ओलीको गृह जिल्लामा राप्रपाको शक्ति प्रदर्शन

  • २० मङ्सिर, २०७७

झापा  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बिशाल जनप्रदर्शन गरेको छ ।  राजसंस्था

माइतिघरमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको लाग्यो नारा [फोटोफिचर]

  • २० मङ्सिर, २०७७

काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।  ‘राष्ट्रिय नागरिक आन्दोलन समिति

नोबेल अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

  • २० मङ्सिर, २०७७

लहान ।  कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ ।  विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१