• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:13 am

प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

झापा । विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका हुन् । 

उनले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गरे । “सङ्क्रमितको सङ्ख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ”, उनले भने, “चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहेका छन् ।  उनीहरुको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौँ ।’


उनले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताउनुभयो । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताए । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर सङ्क्रमितको उपचारमा सेवा दिइरहेको बताए । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।


जिल्लामा कूल सङ्क्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । सङ्क्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बहरानइनमा पनि कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग अनुमति

  • २० मङ्सिर, २०७७

दुवइ । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ ।  फिजर र यसैको जर्मन साझेदार

बिहानै तातोपानीमा मह र कागती मिसाएर खानु स्वास्थ्यको लागि फाइदाजनक

  • २० मङ्सिर, २०७७

काठमाडौं । बिहान उठ्ने बित्तिकै उठने पदार्थ खाने बानी छ त्यो निकै हानिकारक हो । बिहान उठेपछि बिहान मनतातो पानी मात्र खानु पनि स्वास्थ्यको लागि निकै

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुदैन–अर्थमन्त्री

  • १५ मङ्सिर, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् ।  ललितपुरको गोदावरी