• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चर्च भवन भत्किदा २२ जनाको मृत्यु

अबुजा ।  चर्च रहेको भवन भँित्कदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा भएको घटनामा परी अरु कैयौँ घाइते समेत भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  

भत्कीएको भवन छ तले रहेको थियो । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको संख्या अझै धेरै हुनसक्ने अधिकारीहरुले अनुमान गरेका छन् । 

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको समाचार स्थानीय सञ्चार माध्यमहरुले संप्रेषण गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर