• आइतबार ८-२१-२०७७/Sunday 12-06-2020/ 03:49 am

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड– १९ संक्रमण पुष्टि 

वारसा । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ संक्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिवार जानकारी गराएका छन् ।

स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।”

राष्ट्रपति डुडालाई शुक्रवार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उहाँको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।

पोलिस राष्ट्रपति डुडाले संक्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहेका थिए ।

उनले क्वारेन्टाइनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिररहेका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने संक्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पूर्वराष्ट्रपति ओबामा र बास्केटबल सुपरस्टार जोर्डनको बास्केटबल गन्जी ऐतिहासिक मूल्यमा बिक्री

  • २० मङ्सिर, २०७७

एजेन्सी । अमेरिकाको लस एञ्जल्समा शुक्रबार चलेको एक लिलामीमा दुई वटा बास्केटबल गन्जीहरु सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन्, जसमा अमेरिकी

भारत किसान आन्दोलन : प्रधानमन्त्रीसँग वार्ताअघि भारत बन्दको घोषणा

  • २० मङ्सिर, २०७७

एजेन्सी । भारतमा किसान आन्दोलन चर्किदै गएको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन्

चीनले चन्द्रमामा फहरायो आफ्नो राष्ट्रिय झण्डा

  • २० मङ्सिर, २०७७

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले