यसरी सम्पन्न भयो नेहा कक्कड र रोहनप्रितको बिवाह (भिडियोसहित)

काठमाडौं । गायिका नेहा कक्कड र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएको छ । केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो तर नेहाले नै सामाजिक सञ्जालमा रोहनसँगको प्रेमको तस्बिर सार्वजनिक गरेपछि  बैवाहिक बन्धनमा बाधिने कुरा प्रस्ट भएको थियो । 

उनीहरुले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ ।

रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ ।

नेहाको नाम यस अघि गायक आदित्य नारायणसँग पनि जोडिएको थियो । तर त्यो टेलिभिजनको टीआरपी स्टन्ट भएको प्रमाणित भएपछि दुवै रिलेसनसीपमा नभएको बताइएको थियो ।

नेहाले यस अघि अभिनेता हिमांसु कोहलीसँग लामो समय डेट गरेकी थिइन् । २०१४ देखि २०१८ सम्म डेट गरेका दुवैको विवाह हुने चर्चा चलिरहेका बेला ब्रेकअप भएको थियो । हिमांशुसँगको ब्रेकअपपछि आफु डिप्रेसनमा गएको बताएकी थिइन् ।       

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर