• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण

नयाँ दिल्ली । भारतको सत्ताधारी दलका वरिष्ठ नेता  तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताएका छन् ।  । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन् । 

फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज  छन् । बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर