• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एउटै खेलमा अजाक्सको इतिहासमै धेरै गोल

एजेन्सी । डच लिग अन्तर्गत शनिबार राति भएको खेलमा अजाक्सले इतिहासकै फराकिलो अन्तरले जित दर्ता गरेको छ। अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३-० ले पराजित गरेको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफ (५१ औँ मिनेट) मा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो । अजाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो ।

उसका लागि ट्राओरीले पाँच गोल गरे । यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक-एक गोल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर