चर्चित र्यापर बादशाहको अनुहार बिग्रदा फ्यान चिन्तामा

बलिउड । चर्चित र्यापर बादशाहको हरेक गीत हिट हुने गरेको छ । उनको गीत सार्वजनिक भएको केही समय फ्यानहरुले सेयर गर्ने गरेका छन् । सामाजिक सञ्जालमा व्यस्त रहने बादशाह आफ्नो बारेमा समय–समयमा फ्यानहरुलाई जानकारी दिइरहेका हुन् । 

यसै क्रममा इन्स्ट्राग्राममा बादशाहले एक तस्बिर सेयर गरेका छन् ।  जसमा उनको अनुहार निकै बिग्रएको छ । 
अनुहारको छाला समस्या देखिएको उक्त तस्बिर सेयर गरेको केही समयमै फ्यानहरुले चिन्ता व्यक्त गरेका छन् । 

बादशाह अहिले घुम्नको लागि मालदिप गएका छन् । उनले बताए अनुसार घामको कारण उनको अनुहारमा यति धेरै समस्या आएको हो । उनको फ्यानहरुले छिट्टै निको हुने कामना गर्दै धेरै कमेन्ट गरेका छन् । उनको उक्त तस्बिरलाई ३ लाख भन्दा धेरै पटक हेरिएको छ । 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Sunburnt

A post shared by BADSHAH (@badboyshah) on Oct 23, 2020 at 1:42am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर