ऋतिक रोशनले मुम्बईमा किने ९७.५० करोडको अपार्टमेन्ट

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले मुम्बईमा दुई अपार्टमेन्ट  किनेका छन् । भारतीय मिडियाले जनाए अनुसार जुहु वसर्नेवा लिंक रोड स्थित मन्नत नामको बिल्डिङ जोडिएको दुई फेसिंग अपाटमेन्ट करिब ९७.५० करोडमा किनेका हुन् । 

मुम्बई मिररकी रिपोर्ट अनुसार  ऋतिकले अपार्टमेन्ट समीर भोजवानी नामको बिल्डरसँग किनेका हुन् । उनले अपार्टमेन्ट  किन्ने विषयमा केही महिना अगाडी डिल भएको थियो अहिले पैसा दिएपछि सबै कुरा सार्वजनिक भएको हो । 

ऋतिकले किनेको दुई अपाटमेन्टमा १५ र १६ फ्लोर छ । ऋतिकले उक्त अपाटमेन्ट दुई अलग–अलग नाममा दर्ता गराएका छन् । तर अहिले उक्त अपार्टमेन्ट  निर्माणधीन छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर