• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

निर्वाचनअघि नै अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मतदान

वाशिङ्टन ।  नोभेम्बर ३ मा हुने निर्वाचनका लागि मुख्य निर्णायक राज्यहरुमा चुनावी ¥यालीमा जानुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा मतदान गरेका  छन् । 

उनले मतदान गरेर बाहिरिएपछि सयौं समर्थकहरु झण्डासहित उपस्थथि भएका थिए र उनीहरुले ट्रम्पको पक्षमा नारा लगाउँदै ‘थप चार वर्ष’ का लागि ट्रम्पको पक्षमा मतदान गर्न अपिल गरेका थिए ।

कोरोना महामारीका कारण निर्वाचनअघि नै मतदान गर्नेहरुको संख्या बढ्दै गएको छ । हालसम्म अमेरिकामा पाँच करोड ६० लाखभन्दा बढीले मतदान गरिसकेका छन् ।

राष्ट्रपति निर्वाचनको १० दिनअघि राष्ट्रपतिका दुबै उमेदवार आफ्नो चुनावी ¥यालीमा सरिक हुँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर