• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

राप्रपा अध्यक्ष थापा कोरोना संक्रमणमुक्त

काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा डिस्चार्ज भएका छन्। 

कोरोना संक्रमण पुष्टि भएपछि गएको ३० असोजमा थापा काठमाडौं चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। १० दिनको अस्पताल बसाइका क्रममा स्वास्थ्यमा सुधार आएपछि उनी आइतबार निवास फर्केका राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

टाउको दुख्ने,ज्वरो आउने र श्वासप्रस्वासमा केही असहजता महसुस भएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको  थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर