• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बार्तोमेउ राजिनामा दिदैनन्, मेसीलाई क्लब छोड्न पनि दिदैनन्

एजेन्सी । सोमबार बार्सिलोना बोर्ड अफ डाईरेक्टरको बैठकपछि अध्यक्ष जोसेफ मारिया बार्तोमेउ र क्लबका प्रवक्ता जोसेफ भिभेस पत्रकार सामू उपश्थित भए । उनीहरुले क्लबमा जारी भोट अफ कन्फिडेन्सको सामना गर्ने बताउदै आफ्नो निरन्तरता हुने र फेरी भेट हुने बताए ।

कप्ताल लियोनल मेसीले जनावरी ट्रान्स्फर विण्डोमा क्लब छोड्ने संभावनाबारे बोल्दै मेसी र उनको परिवारसँग कुरा गर्ने र उनलाई क्लब छोड्न नदिने बताए । 

भोट अफ कन्फिडेन्सः 
आज हामीले बोर्डमा जे निर्णय गरेका छौं, त्यो सर्वसम्मत भएको छ । हाम्रो पहिलो प्राथामिकता नै बार्सिलोना हो । अब हामी भोट अफ कन्फिडेन्सको परिणामको प्रतिक्षामा छौं । नोभेम्बर १ र २ तारिखमा अध्यक्ष बार्तोमेउ विरुद्धको भोट अफ कन्फिडेन्समा मतदान हुनेछ ।

राजिनामाः
मैले राजिनामा बारे सोचेको छैन । हामीले राम्रो टिम बनाएका छौं । कोचले राम्रो योजना तय गरेका छन् । हाम्रा अघि महत्वपूर्ण च्याम्पियन्स लिग छ । यस वर्ष हामी कम्तिमा एउटा उपाधि जित्नेछ ।

मेसीबारेः 
मेसी रिसाउनु स्वभाविक हो । केही नयाँ कुरा जित्न खोज्नु र जित्ने आकाँक्षा राख्नु राम्रो कुरा हो । उनको रिस पछि यो विषय व्यापक रुपमा फैलिएको छ । उनीसँगको सम्झौताको डेडलाईन थियो र त्यो पार भईसकेको थियो । हामी सवै चाहान्छौं कि मेसी क्याम्प नोउ बाटै रिटायर्ड हुनेछन् ।


मेसीले क्लब छोड्न नपाउदा रिसाएका हुनसक्छन् । हामी उनी र उनको परिवारलाई नछोडाउन मनाउने प्रयास गर्नेछौं । कोएम्यानले अघि सारेको योजनामा मेसी नै मुख्य खेलाडीका रुपमा छन् । हामी आशावादी छौं कि यो योजनाबाट उनीपनि खुसी हुनेछन् । उनले आफ्नो सम्झौता अवधि बढाउनेछन् र बार्साबाटै रिटायर्ड हुनेछन् ।

जेरार्ड पिकेः 
हामी पिकेलाई धेरै मायाँ गर्छौ । अडिटरले हामीमाथि लगाएको आरोपमा सत्यता छैन कि खेलाडीलाई गाली गरेर हामीले नेट मार्फत पैसा कमाएको भन्ने कुरा गलत हो । कहिलेकाँही खेलाडीले लगाएको आरोप हामीले सहनुपनि पर्दछ । तर म कुनैपनि खेलाडीबारे सार्वजनिक रुपमा बहस गर्न चाहान्न । खेलाडीका लागि मेरो ढोका सधैं खुला छ । म पनि उनीहरुकोमा कुरा गर्न जाने गरेको छु । तर यो गोप्य हुनुपर्दछ ।

खेलाडीको तलव भत्ता कटौतीः
यो खेलाडीहरुको तलव भत्ता कटौती होईन । यो त क्लबको आयसँग मिलाउन मात्र खोजिएको हो । मलाई विश्वास छ, क्लबलाई स्थिर ढंगले अघि बढाउन हामी सफल हुनेछौं ।

बोर्डले बार्तोमेउलाई हटाउन खोजेको छ:
मलाई त्यस्तो लाग्दैन । हामीले आर्थिक तथा राजनीतिक शक्ति र स्वार्थबाट क्लबलाई जोगाउनु पर्दछ । अहिलेको मुद्धा त्यो होईन । मतदानको परिणाम के हुनेछ भन्नेकुरा हामीलाई अधिकारीहरुले दिनेनै छन् । 

के होला त बार्साको भविष्य ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर