• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मेजर सोनाम शेर्पालाई फोनिजको सम्मान

बेलायत । बरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीत प्रेमी मेजर सोनाम छिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका छन् । बिदेशमा रहेर लामो समयसम्म संचार क्षेत्रमा कार्यरत रही नेपाली पत्रकारिता र नेपाली गीत संगीतलाई बिशेष योगदान पुर्याए बापत उनलाई सम्मान गरिएको हो । मेजर शेर्पा फोनिज युकेका निबर्तमान कार्यसमितिको प्रमुख सल्लाहकार हुन भने नेपालमा रहेका आदिबासी जनजाति पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्नको लागि उनले बिगत चार बर्षदेखि बर्षेनी तीस हजारको दरले ९एक लाख बीस हजार० फोनिज युके पत्रकारिता पुरुष्कार बितरण गर्दै आएका छन् ।  

दार्जिलिङमा जन्मेका मेजर शेर्पाले प्राथमिक, निम्न तथा माध्यामिक बिद्यालयको अध्यायन पुरा गरेपछि गोभर्मेण्ट कलेज दार्जिलिङमा जीव बिज्ञान बिषयमा अध्यायन गरेका थिए । कलेजको अध्ययन पुरा गरेपछि उनी सन् १९७५ मा ब्रिटिश आर्मीको कलरक तथा बाबुजी पेशामा प्रवेश गरेका थिए । 

ब्रिटिश आर्मीमा प्रवेश गरेपछि  ब्रिटिश आर्मीको आधारभूत तालिम लिन हंगकंग आएका थिए । हंगकंगमा ब्रिटिश आर्मीको आधारभूत तालिम गर्दा उनले सर्बोकृष्ट नतिजा निकालेर च्याम्पियन रेक्रुट हुन सफल भएका थिए । उनको ब्रिटिश आर्मीको आधारभूत तालिम समाप्त भए पश्च्यात मेजर शेर्पा ७ गोर्खा राइफल्समा आबद्ध भएर बटालियनका बिभिन्न कार्यालयहरुमा कार्यरत रही धेरै अनुभबहरु बटुलेका थिए ।  

शेर्पा सन १९८३ देखि १९८६ सम्म बीएफबीएस हंगकंगमा कार्यरत रहने अबसर पाएका थिए । बीएफबीएस हंगकंगमा कार्यरत रहँदा उनले सुप्रशिद्ध कार्यक्रमहरु फिल्मी संसार र सोनाम जुक्बक्स भन्ने कार्यक्रम संचालन गर्दथे । उनले चलाउने कार्यक्रम सोनाम जुक्बक्सू अंग्रेजी भाषाका गीत सुन्न चाहाने श्रोताहरुको लागि संचालन गरिन्थ्यो।  जसले गर्दा ब्रिगेड अफ गोर्खामा कार्यरत सैनिक तथा उनका परिवारहरुलाई अंग्रेजी भाषा सिक्नमा मद्दत पुग्दथ्यो । 

शेर्पाले सन् १९९२ मा Services Sounds and Vision Corporation को स्वर्ण जन्मोत्सवको अबसरमा बेलायतकी राजकुमारी मार्गेरेटलाई बिएफबिएसको इतिहासको बारेमा अंग्रेजी भाषाको माध्यामबाट संक्षिप्त जानकारी दिने सु–अवसर मिलेको बताउँछन। 

सोनाम शेर्पा ७ गोर्खा राइफल्समा कार्यरत रहदा तत्कालिन सुप्रशिद्ध हिमालयन ब्यान्डमा आबद्ध थिए । उनले हिमालयन ब्यान्डमा अंग्रेजी तथा नेपाली गीत गाउनुको साथै ड्रम पनि खेल्दथे। स्वर्गीय नोर्देन तेञ्जिङ भोटियाको आवाजमा रेकर्ड गरिएको गीत ‘मुसु–मुसु हाँसी देऊ न लै–लै‘लगायत अन्य थुप्रै गीतहरु लाईभ कन्सर्टहरुमा प्रस्तु गर्दा उनले ड्रम खेलेर साथ दिएका थिए । 

सन १९९२ मा कमिसन भएपछी ब्रिटिश आर्मीको महत्वपूर्ण स्थानहरुमा महत्वपूर्ण जिम्मेवारी लिएर ब्रिटिश आर्मीको तथा ब्रिगेड अफ गोर्खाजको बिभिन्न नीति नियमहरु तर्जुमा गर्ने कार्यहरुमा कार्यरत भएका थिए । शेर्पाको अन्तिम पोस्ट, स्टाफ अफिसरको पदमा हेड क्वाटर ब्रिगेड अफ गोर्खाजमा कार्यरत थिए । उनी स्टाफ अफिसर पोस्टमा कार्यरत रहँदा उनको मुख्य  भूमिका, जिम्मेवारी तथा कार्यक्षेत्र भनेको पोलिसी मेकिङ सल्लाहकार रहेको थियो  । सोही पोस्टबाट तत्कालिन समयमा गोर्खालीहरुले पाउने अन्तिम पद मेजर दर्जामा अवकाश लिएका थिए । शेर्पा सन् २००३ मा आर्मी सेवाबाट अवकाश पाएपछि बेलायतको रक्षा मन्त्रालय अन्तर्गत रहेको ब्रिटिश रेजिमेण्टमा मेजर कै पदमा सन् २०१० सम्म आबद्ध रहेका थिए।  

संचार तथा पत्रकारितामा लत लागिसकेका शेर्पा निजामति सेवाबाट अवकाश पश्च्यात पनि संचार तथा पत्रकारिता क्षेत्रमै आबद्ध रहे । बेलायतमा छापा पत्रिका संचालन गर्न तथा रेडियो स्टेशन संचालन गर्न अतिनै कठिन तथा कहाली लाग्दो स्थिति हुँदा–हुँदै पनि ‘जहा इच्छा त्यहि उपया‘ भने झैँ बिभिन्न समस्याहरुको बाबजुद शेर्पाले नौ जना स्वयंसेविकाहरु साथमा लिएर रेडियो British Gurkhaa Welfare Society (BGWS) स्थापना गरेका थिए । 

शेर्पाको नेतृत्वमा रेडियो BGWS ले छोटो समयमा लामो दुरी फड्को मार्दै इन्टरनेटको माध्यामद्वारा बेलायत, यूरोप हुँदै संसारै भरिका श्रोताहरुले सुन्न सकिने गरि २४ सै घण्टा प्रसारण गरेका थिए। रेडियो BGWS को माध्यमबाट मे शेर्पालाई नेपालबाट आएका बरिष्ठ देखि कनिष्ट सम्मका कलाकारहरु राजनीतिककर्मीहरु, साहित्यकार, पत्रकार, समाजसेवीहरुलाई नेपालीमा अन्तर्वार्ता लिएका थिए भने बेलायतबासी  बेलायती  मेयर, मेम्बर अफ पार्लियाम्याण्ट ९एमपी० र क्याबिनेट मिनिस्टरहरुलाई अंग्रेजीमा अन्तर्वार्ता लिने अवसर मिलेको बताउँछन।

श्रीमती सुजन राई शेर्पा र सुपुत्र रियोसँग बेलायतको सरेस्थित काम्बर्लीमा स–परिवार बसोबास गर्दै आएका शेर्पाले चालीसौं देशहरुको भ्रमण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर