• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपालमा मंगलबार थप ५ सय ७० जनामा संक्रमण पुष्टि,३ हजार १६८ जनाले कोरोना जिते

काठमाडौं ।  नेपालमा मंगलबार ५  सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६८ जनाले कोरोना जितेका छन् भने १४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्  ।

मन्त्रालयका अनुसार नेपालका कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये १ लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् भने  ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेका छन्।
 
मंगलबार १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या  ८७६ पुगेको छ। अहिले दुई हजार ९३२ जना क्वारेन्टिनमा छन्। 

पछिल्लो २४ घण्टामा दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गर्दा २२१ महिला र ३५९ पुरुष गरेर ५७० जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा मात्र २५२ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५५ पुरुष र ९७ महिला रहेका छन्।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर