अभिनेता नरेश कनोडियाको निधन, प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त 

एजेन्सी । गुजराती फिल्म अभिनेता नरेश कनोडियाको निधन भएको छ । उनको निधनको खबर अहमबादको युएन मेहता इन्स्ट्यिुट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टले मंगलबार दिएको हो । 

७७ वर्षका नरेश कोरोना भाइरस संक्रमणको कारण अस्पताल भर्ना भएका थिए । उनी संक्रमणसँगै अन्य रोगबाट पनि ग्रस्त थिए । जसको कारण करिब ४ दिनदेखि भेन्टिलेटरमा थिए । 

उनले आफ्नो चार दशकको फिल्मी करियरमा २ सय भन्दा धेरै फिल्ममा काम गरेका छन् । उनको निधनप्रति प्रधान्मन्त्री नरेन्द्र मोदीले पनि दुख व्यक्त गरेका छन् । 

 

In a span of two days, we have lost both Maheshbhai and Nareshbhai Kanodia. Their contributions to the world of culture, especially popularising Gujarati songs, music and theatre will never be forgotten. They also worked hard to serve society and empower the downtrodden. pic.twitter.com/Ri4GzOO5zo

— Narendra Modi (@narendramodi) October 27, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर