चितवनामा दुई सङ्क्रमितको मृत्यु

भरतपुर । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । 

यही कातिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो । उहाँलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए । 

यही कातिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कातिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर