चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो । 

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको म‌ंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए । 

उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर