प्रधानमन्त्रीकै जिल्लाका सामान्य बिरामी ज्यान गुमाउन बाध्य -लिङ्देन

झापा  ।  राप्रपाबाट प्रतिनिधी सभामा प्रतिनिधीत्व गरिरहेका झापाका सांसद राजेन्द्र लिङ्देन झापाका अस्पतालहरुको अनुगमनमा निस्कने भएका छन् । कोरोना कहरबीच सामान्य र दीर्घरोगका विरामीहरुले समेत उपचार नपाई ज्यान गुमाउनु पर्ने अवस्था आइरहेको भन्दै लिङ्देनले कार्तिक १३ देखि अस्पतालहरुको अनुगमनमा जान लागेको बताएका छन् । 

सांसद लिङ्देनले सामाजिक सञ्जालमार्फत जनताको प्रतिनिधि भएर जनताले पाइरहेको दुःख हेरेर बस्न नसक्ने भन्दै झापाका मुख्य अस्पतालहरुको अनुगमन गर्ने उल्लेख गरेका छन् । अस्पतालहरुका व्यवहारप्रति गम्भीर बन्न तीन वटै तहको सरकार, सरोकारवाला निकायको उनले ध्यानाकर्षणसमेत गराएका छन् । 

उनी संसदको विकास तथा प्रविधिसमितिका सदस्य समेत रहेका छन् । लिङ्देनले अनुगमनका क्रममा पाएका विषयलाई सरकारसम्म पुर्याउने पनि योजना बनाएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर