• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बार्सिलोनामा खैलाबैला, बार्तोमेउले दिए राजीनामा

एजेन्सी । समर्थक तथा खेलाडीहरुको चौतर्फी दबाव पछि स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ लगायतका बोर्ड सदस्यहरुले पदबाट राजीनामा दिएका छन् । राजीनामा घोषणा गर्दै गर्दा उनले आफूमाथि विभिन्न चेतावनी आएकाले जिम्मेवारीपूर्वक राजीनामा दिएको बताएका छन् । 

सन् २०१४ मा अध्यक्ष भएका बार्टोमेउले समर्थकहरुको अत्यधिक दबाबपछि ५ महिना अघिनै पदबाट राजीनामा दिएका हुन्।

पछिल्लो चरणमा बार्सिलोनाका कप्तान तथा सुपरस्टार लियोनल मेसी र अध्यक्ष बार्तोमेउका बीचको सम्बन्ध चिसिएको थियो । जतिबेला मेसीले अध्यक्षकै योजना विहिन अवस्थाका कारण बार्सा छोड्न लागेको बताएका थिए । त्यसपछि बार्सा समर्थकहरुले बोर्ड कार्यालय अघि समेत उभिएर मेसीको समर्थन र बार्तोमेउको राजीनामा मागेका थिए । 

बार्तोमेउले जाँदाजाँदै युरोपियन सुपर लिगमा सम्मिलित हुने प्रस्तावलाई भने स्वीकार गरेका छन्।

बार्सिलोनाका करिब २० हजार बढी सदस्यले उनलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका थिए। केही दिन अघि मात्रै पत्रकारहरुमाझ उपश्थित भएका बार्तोमेउले बोर्डले उचित निर्णय गर्ने भएकाले आफूले राजीनामा नदिने दावी गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर