• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

च्याम्पियन्स लिगः रोनाल्डोको युभेन्टस र मेसीको बार्सिलोना भिड्दै  

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा आज राति दुई सुपरस्टार खेलाडीका टिम आमने सामने हुने भएका छन् । लिग चरणको जारी खेलमा फुटबल सुपरस्टार लियोनल मेसीको स्पेनिस क्लब बार्सिलोना विरुद्ध क्रिष्टियानो रोनाल्डोको ईटालियन क्लब युभेन्टस भिड्ने भएको हो । 

नेपाली समय अनुसार बार्सा र युभेन्टसबीचको खेल मध्यराति पौने २ बजेबाट सुरु हुनेछ । युभेन्टसको घरेलु मैदान अलियान्जा स्टेडियममा हुने खेलमा रोनाल्डो भने अनुपश्थित हुने संभावना छ । कोरोना भाइरसको संक्रमण देखिएका रोनाल्डो निको भएका छैनन् । 

टुरिनमा युभेन्ट्स बार्सिलोनालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, क्याटलान क्लबविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने हुने छैन । समूह चरणको पहिलो खेलमा युभेन्ट्सले डाइनामो किभलाई २-० ले हराएको थियो ।

बार्सिलोना पनि लगातार दोस्रो जितको खोजीमा रहेको छ । बार्सिलोनाले पहिलो खेलमा हंगेरियन क्लब एफटिसीलाई ५-१ ले हराएको थियो । बार्सिलोना टुरिनमै युभेन्ट्सलाई हराउने योजनामा हुनेछ । 

यसै समूहको अर्को खेलमा किभ र एफटिसी खेल्ने छन् । सोही समयमा हुने अर्को खेलमा म्यानचेष्टर युनाईटेडले लिपजिङको सामना गर्नेछ भने सेभिया स्टेड रेनिससँग प्रतिस्पर्धा गर्नेछ । राति पौने १२ बजे हुने खेलमा ईस्तानबुल बासाकसेरले पिएसजीको सामना गर्नेछ । 

बार्सा भर्सेस युभेन्टस कुन टिमले, कति गाेलले जित्ला ?
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर