सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ का साइलेन्ट सरदार परजान विवाह गर्दै

काठमाडौं ।  सुपरहिट फिल्म ‘कुछ कुछ होता हे’ मा साइलेन्ट सरदार किडको भूमिकामा देखिएका परजान दस्तूर विवाह गर्ने तयारीमा रहेका छन् । 

उनको गत वर्ष अक्टुबरमा डेलना श्रौफसँग इन्गेजमेन्ट गरिसकेका छन् । परजानले आफ्नो इन्स्टामार्फत श्रौफसँगको सोही समयमा खिचेको फोटो शेयर गर्दै विवाह गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सन् २०२१ को फेवरुअरीमा विवाह गर्न लागेको बताएका छन् । परजानले लेखेका छन्, ‘एक वर्षपघि यो त्यो सुन्दर दिन थियो, जब उनले हुन्छ भनेकी थिइन् । अब केवल ४ महिना बाँकी छ ।’ परजानले फिल्म ‘ कुछ कुछ होता हे’ बाट चर्चामा आएका थिए । उक्त फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जीले अभिनय गरेका छन् । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर