• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अश्वेत व्यक्तिको मृत्युपछि प्रदर्शन चक्रेपछि अमेरिकाको फिलाडेलफियामा कर्फ्यू लागु

एजेन्सी । प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि लगातार प्रदर्शन तथा लुटपाट हुँदा अमेरिकाको फिलाडेलफियामा कर्फ्यू लागु भएको छ । 

२७ वर्षका वाल्टर वालस जुनियरको गएको सोमबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । वाल्टरको मृत्युपछि भड्किएको हिंसात्मक घटनापछि फिलाडेलफियामा कर्फ्यू लागू गरिएको हो ।

दुई दिनपछि स्थानीय प्रशासनले पेनसिलभेनिया राज्यको फिलाडेलफियामा कर्फ्यू लागु गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनको क्रममा झडप भएका छन् भने केही स्थानमा लुटपाट समेत भएको छ । नेपाली समय अनुसार बिहीबार बिहान पौने ६ बजेदेखि फिलाडेलफियामा कर्फ्यू लागु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर