• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

अमेरिकी सिनेटले फेसबुक, गुगल र ट्वीटरका प्रमुख कार्यकारी अधिकृतसँग बयान लिने

एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टी आबद्ध सिनेटरहरूले ट्वीटर, फेसबुक र गुगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन ।

सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई बयानका लागि समितिको बैठकमा डाकेको छ ।

अदालतबाट आदेश पूर्जी जारी गर्न सक्ने धम्की दिइएपछि उनीहरू तीनै जना भर्चुअल बैठकमा उपस्थित हुने भएका छन् ।

यसै महिना फेसबुक र ट्वीटरले दक्षिणपन्थी झुकाव राख्ने न्यूयोर्क पोष्ट अखबारले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनका सम्बन्धमा प्रकाशित समाचारलाई फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिएपछि त्यसको रिपब्लिकन पार्टीले विरोध गरेको थियो ।

न्यूयोर्क पोष्टले छापेको समाचारलाई अमेरिकाका अरू प्रमुख संचारमाध्यमले प्रकाशन नगरेको तथा बाइडेनका छोरा हन्टरले पठाएका भनिएका इमेलहरू पुष्टि नभएको ट्वीटर र फेसबुकले जनाएका थिए ।

यी इमेलहरू रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थकहरूले प्रकाशन गर्न लगाएको र ती पूर्वाग्रही रहेको भन्दै फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर