कलाकार अशोक शर्मालाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मा कोरोना संक्रमित भएका छन् । बिहीबार नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना भाइरस पुष्टि भएको हो ।

शर्माले शुक्रबार सामाजिक संजालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन समेत अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर