• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 05:15 pm

कोरोना महामारीकाे दोस्रो लहरबीच लकडाउनबाट बच्न ईयूले नयाँ रणनीति अपनाउने

ब्रसेल्स । कोभिड–१९ महामारीको दोस्रो लहरबीच पूर्ण बन्दाबन्दीबाट बच्न युरोपियन युनियन (ईयू) ले परीक्षण र खोजीका लागि नयाँ रणनीति अघि सार्ने ईयूले जनाएको छ ।

ईयूको अनौपचारिक शिखर सम्मेलनले शुक्रबार उक्त कुरा जनाएको हो । कोभिड–१९ को संक्रमण दर ईयूमा द्रुत वृद्धि भएको र दोस्रो लहरबाट इर्यू गहिरोसँग प्रभावित भएको  बताइएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले  भने, “नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दैछ । अस्पताल भर्नाको सङ्ख्या बढ्दो छ । मृत्युको सङ्ख्या बढ्दो छ । यदि हामीले तुरुन्तै कदम चालेनौं भने हाम्रो स्वास्थ्य सेवा प्रणालीहरू विचलित हुनेछ ।” 

ईयूका २७ सदस्य देशका नेताहरूले बिहीबार ढिलो गरी सहमति व्यक्त गर्दै भने, “परीक्षण र ट्रेसिङ्ग भाइरसको फैलावटलाई सिमित गर्न महत्वपूर्ण छ । यसले अवस्थालाई अझ राम्रोसँग नियन्त्रण गर्न मद्दत पु¥याउँछ तर आपसी मान्यता, तैनादी र द्रुत परीक्षणको प्रयोगको साझा दृष्टिकोण अझै बाँकी छ ।” 

यूरोपियन आयोगले द्रुत ‘एन्टिजेन’ परीक्षणलाई व्यापक रूपमा प्रयोग हुने ‘पोलिमरेज चेन’ प्रतिक्रिया परीक्षणको पूरकको रूपमा मान्य गर्न प्रस्ताव गरेको छ ।  

ईयू सदस्य राष्ट्रमध्ये एक स्लोभाकियाले १० वर्षदेखि ६५ वर्ष उमेर समूहका सबैको निःशुल्क एन्टिजेन परीक्षणको लागि एक करोड ३० लाख द्रुत एन्टिजेन टेस्टको लागि व्यवस्था गरेको छ । 

युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेलका अनुसार स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिकले विशाल परीक्षणको नतिजा र तथ्याङ्क अन्य सदस्य राष्ट्रहरूसँग बाँड्न सहमत  भएका छन् । “वास्तवमा धेरै देशहरूमा द्रुत परीक्षणको लागि चासो बढेको छ,” मिशेलले  भने ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज

अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु

  • १४ मङ्सिर, २०७७

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।  आत्मघातीले सैनिक शिविरमा गरेको

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

  • १४ मङ्सिर, २०७७

नयाँ दिल्ली ।   भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा